दफा ३२
उजुरी, छानबिन तथा निलम्बन
(१) कुनै नोटरी पब्लिकले पदीय दुराचरण गरेमा सो थाहा पाउने व्यक्तिले त्यस्तो काम भएको दुई वर्षभित्र परिषद् समक्ष उजुरी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी परेमा वा दफा ३१ बमोजिम निरीक्षण वा अनुगमन गर्दा वा अन्य कुनै श्रोतबाट नोटरी पब्लिकले पदीय दुराचरण गरेको कुरा जानकारी हुन आएमा परिषदले सम्बन्धित नोटरी पब्लिकसँग सो सम्बन्धमा अवधि तोकी जानकारी वा स्पष्टीकरण माग गर्न वा निजलाई आफू समक्ष उपस्थित गराई बयान गराउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम माग गरिएको जानकारी वा स्पष्टीकरण वा लिईएको वयानबाट नोटरी पब्लिकलाई निलम्बन गर्नु पर्ने देखिएमा परिषद्ले त्यस्तो नोटरी पब्लिकलाई निलम्बन गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको निलम्बनको अवधि दुई महिनाभन्दा बढी हुने छैन र परिषद्ले सो अवधिभित्र उजुरी सम्बन्धी काम टुग्याई सक्नु पर्नेछ ।
(५) उजुरीको छानबिन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।